यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
१ भाद्र २०८३, सोमबार ०६:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५२.३९ रुपैयाँ र बिक्रीमूल्य १५२.९९ रुपैयाँ तोकिएको छ।
त्यसैगरी यस दिन एक अष्ट्रेलियन डलरको खरीददर १०७.९५ रुपैयाँ र बिक्रीदर १०८.३८ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीददर १०.७६ रुपैयाँ र बिक्रीदर १०.८० रुपैयाँ र एक कुवेती दिनारको खरीददर ४९५.९८ रुपैयाँ र बिक्रीदर ४९७.९३ रुपैयाँ कायम भएको छ।












