माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

१ भाद्र २०८३, सोमबार १८:५६

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा कल्याण विक्रम पाँडे नियुक्त भएका छन् । पाँडेले गत साउन २९ गतेदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।

बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव संगालेका पाँडेले यसअघि ग्लोबल आईएमई बैंक, साविकको जनता बैंक, लक्ष्मी बैंक र कुमारी बैंकलगायत विभिन्न बैंकमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् ।

पाँडेले बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा एमबीए प्रथम श्रेणीमा उत्तीर्ण गरेका छन् भने अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा अनर्ससहित बीटेक उपाधि हासिल गरेका छन् ।

योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन तथा अनुपालनलगायतका क्षेत्रमा पाँडेको गहिरो अनुभव रहेको बैंकले जनाएको छ । त्यस्तै, ट्रेड फाइनान्स तथा ट्रान्जेक्सन बैंकिङ, मर्जर तथा एक्विजिसन, वित्तीय विश्लेषण तथा उत्पादन विकास तथा दिगो एवं हरित बैंकिङका क्षेत्रमा समेत उनले महत्वपूर्ण अनुभव हासिल गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*