सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?

३ भाद्र २०८३, बुधबार १०:४४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ६० हजार ७१५ रुपैयाँ तोकिएको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा १६० रुपैयाँले घटेर प्रतितोला चार हजार ५९५ रुपैयाँमा किनबेच भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*