गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवनमा, आजदेखि सेवा शुरु
३ भाद्र २०८३, बुधबार १३:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय (रजिष्टर्ड) कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटारस्थित आफ्नै भवनमा सरेको छ।
गत वर्षको कात्तिक २७ गते सम्पन्न भएको बैंकको १९औं वार्षिक साधारणसभाले काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर ३, बालुवाटारस्थित आफ्नै भवनमा सार्ने निर्णय पारित गरेको थियो ।
बालुवाटारस्थित आफ्नै भवनबाट आज भदौ ३ गतेबाट बैंकको केन्द्रीय कार्यालयको सेवाहरू सञ्चालनमा आएको बैंकले जानकारी दिएको छ ।









