स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

४ भाद्र २०८३, बिहीबार ०७:२१

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका एक संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयरमध्ये अधिकतम कानुनबमोजिम बिक्री गर्न वित्तीय संस्था समक्ष निवेदन दिएपछि संस्थाले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

संस्थाले संस्थापक शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार विद्यमान संस्थापक शेयरधनीको जानकारीका लागि सूचना प्रकाशित गरेको जनाएको छ। संस्थापक शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित लिखित निवेदन दिनुपर्नेछ।

इच्छुक शेयरधनीले संस्थाको केन्द्रीय कार्यालय बनेपा–४, काभ्रेपलाञ्चोकस्थित प्रशासन विभागमा लिखित निवेदन पेश गर्नुपर्नेछ।

संस्थाले तोकिएको समयभित्र निवेदन पेश हुन नआएमा वा प्राप्त निवेदनबाट उल्लेखित सम्पूर्ण शेयर बिक्री नभएमा प्रचलित कानुन तथा व्यवस्था बमोजिम अन्य व्यक्ति वा संस्थालाई संस्थापक शेयर बिक्री गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*