सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?
४ भाद्र २०८३, बिहीबार १०:४८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एकैदिन नौ हजार ३०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मुल्य दुई लाख ६८ हजार ६९० रुपैयाँ तोकिएको हो ।
यता, चाँदीको मूल्य पनि तोलामा २६० रुपैयाँले बढेर प्रतितोला चार हजार ८५५ रुपैयाँमा किनबेच भइरहेको छ ।











