आवश्यकभन्दा बढी ग्यास भण्डारण नगर्न उपभोक्तालाई आयल निगमको अनुरोध

४ भाद्र २०८३, बिहीबार ११:१२

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पछिल्लो पाँच महीनाको एपली ग्यासको आयात तथा बिक्रीको तथ्यांक सार्वजनिक गर्दै आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न अनुरोध गरेको छ।

यसअघि अमेरिका–इरान द्वन्द्वका कारण ग्यासको अभाव भएपछि आधा सिलिण्डर मात्रै ग्यास दिने व्यवस्था गरिएकोमा आपूर्ति सहज भएपछि असार ३१ गतेदेखि पूरा सिलिण्डर (१४.२ केजी) ग्यास वितरण गर्दै आएको थियो।

तर पछिल्लो समय बजारमा ग्यास पाइन छोडेपछि आम उपभोक्ता दिनभर लाइनमा बस्दा पनि रित्तो सिलिण्डर लिएर फर्किन परेको अवस्था थियो। बजारमा ग्यासको अभाव नरोकिएछि सरकार आफैंले सिधैं उपभोक्तालाई ग्यास वितरण समेत गरेको थियो।

निगमले सार्वजनिक गरकोे तथ्यांकअनुसार चैतमा २७ लाख ३२ हजार, वैशाखमा २२ लाख ५७ हजार, जेठमा २३ लाख १२ हजार, असारमा ३१ लाख ३६ हजार र साउनमा ४० लाख ३६ हजारभन्दा बढी सिलिण्डर भर्न पुग्ने ग्यास आयात भएको छ।

निगमले साउनमा जेठको भन्दा करीब ९ लाख सिलिण्डर ग्यास बढी बिक्री गरिएको जनाएको छ। भदौमा पनि खाना पकाउने ग्यासको नियमित आयात र बिक्री भइरहेको भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न अनुरोध गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*