नेपाल इन्स्योरेन्सको केन्द्रीय कार्यालय आफ्नै भवनमा स्थानान्तरण
२५ आश्विन २०८३, आईतवार १०:१४

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कमलादीस्थित अमिर भवनबाट सञ्चालन हुँदै आएको केन्द्रीय कार्यालय आफ्नै नवनिर्मित भवनमा सारेको छ। कम्पनीले आइतबार असोज २५ गतेदेखि नयाँ भवनबाट नियमित सेवा सुरु गर्ने जनाएको छ।
कम्पनीका अनुसार काठमाडौं महानगरपालिका–२८, कमलादीमा रहेको आफ्नै भवनबाट अब केन्द्रीय कार्यालयका सम्पूर्ण कामकाज सञ्चालन हुनेछन्।
यसअघि कम्पनीले कमलादीस्थित अमिर भवनबाट सेवा प्रदान गर्दै आएको थियो। कार्यालय नयाँ भवनमा स्थानान्तरण भएसँगै सेवाग्राहीले अब कम्पनीको आफ्नै भवनबाट सेवा लिन सक्नेछन्।











