दुई महीनामै १४ जीवन बीमा कम्पनीद्वारा साढे ४० अर्ब बीमाशुल्क संकलन

काठमाडौं । चालू आर्थिक वर्षको दुई महीनाको अवधिमै १४ वटा जीवन बीमा कम्पनीहरुले ४० अर्ब ५४ करोड १४ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल लाइफले सर्वाधिक १० अर्ब ५८ करोड ८ लाख रुपैयाँ, दोस्रोमा नेशनल लाइफले ४ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ, तेस्रोमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ४१ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।
त्यसैगरी एलआईसी नेपालले ३ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ, हिमालयन लाइफले ३ अर्ब ५९ करोड १९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ४६ करोड ६८ लाख रुपैयाँ, एशियन लाइफले १ अर्ब ८२ करोड ४३ लाख रुपैयाँ र सिटिजन लाइफले १ अर्ब ६९ करोड ९६ लाख रुपैयाँभन्दा बढीको बीमा व्यवसाय गरेको छ।
त्यसपछि आइएमई लाइफले १ अर्ब ४८ करोड ८६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ४२ करोड १७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २७ करोड ८८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब २६ करोड ६३ लाख रुपैयाँ, मेट लाइफले १ अर्ब १९ करोड ३१ लाख रुपैयाँ र सन नेपाल लाइफले ७७ करोड ७२ लाख रुपैयाँभन्दा बढीको बीमा व्यवसाय गर्न सफल भएका छन्।












