सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने
२७ आश्विन २०८३, मंगलवार १०:२९

काठमाडौं । सरकारले आन्तरिक स्रोतबाट १० अर्ब रुपैयाँ ऋण उठाउने भएको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नौ वर्ष अवधिको विकास ऋणपत्र बिक्रीमार्फत उक्त रकम जुटाउन लागेको हो ।
कार्यालयका अनुसार ‘विकास ऋणपत्र–२०९०’ बोलकबोल प्रक्रियामार्फत बिक्री गरिनेछ । ऋणपत्रका लागि असोज २८ गते बोलकबोल हुने र असोज २९ गते निष्कासन गरिनेछ ।
उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले लगानी गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले निर्धारित बोलकबोल प्रक्रियामा सहभागी भई ऋणपत्र खरिद गर्न सक्ने कार्यालयले जनाएको छ ।











