ब्याज आम्दानी बढ्दा पनि घट्यो निर्धन उत्थानको नाफा, निष्क्रिय कर्जा १३.१६ प्रतिशत पुग्यो

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ करोड ३९ लाख ५६ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४६ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
संस्थाको कुल सञ्चालन आम्दानी ५४ करोड ९० लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ५१ करोड ५८ लाख ९४ हजार रुपैयाँ थियो । तर, कर्जा तथा अन्य सम्भावित नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम बढेर १० करोड ५३ लाख ८७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो व्यवस्था ६ करोड ४७ लाख ३५ हजार रुपैयाँ थियो ।
संस्थाको सञ्चालन खर्च २६ करोड ६६ लाख ७१ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा संस्थाले १७ करोड ७० लाख २५ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । कर प्रयोजनका लागि ६ करोड ३८ लाख ८० हजार रुपैयाँ छुट्याएपछि खुद नाफा ११ करोड ५४ लाख ६० हजार रुपैयाँमा सीमित भएको हो ।
नाफामा आएको गिरावटसँगै संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । वार्षिकीकृत ईपीएस १६ रुपैयाँ ८४ पैसा कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १८ रुपैयाँ ४० पैसा थियो ।
वित्तीय विवरणअनुसार संस्थाको कुल सम्पत्ति ३० अर्ब ४० करोड ४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा कुल सम्पत्ति ३० अर्ब ५५ करोड १४ लाख रुपैयाँ थियो । यसैगरी, संस्थाले ग्राहकबाट संकलन गरेको निक्षेप २२ अर्ब ९९ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो निक्षेप २२ अर्ब ६४ करोड ४० लाख रुपैयाँ रहेको थियो ।
संस्थाले प्रवाह गरेको कर्जा तथा सापटी २६ अर्ब ७२ करोड ९२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो कर्जा २६ अर्ब ७५ करोड ८८ लाख रुपैयाँ थियो । यसले समीक्षा अवधिमा कर्जा प्रवाहमा सामान्य संकुचन आएको देखाउँछ ।
संस्थाको निष्क्रिय कर्जा (एनपीएल) अनुपात भने बढेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा १०.४७ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात बढेर समीक्षा अवधिमा १३.१६ प्रतिशत पुगेको छ ।











