लिबर्टी माइक्रो लाइफको बीमाशुल्क आम्दानी ५५ प्रतिशतले बढ्यो, खुद नाफा ३ लाख ४६ हजार

२९ कार्तिक २०८३, आईतवार ०९:५२

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको सोही अवधिमा २१ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा ८४ प्रतिशतले घटको हो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आम्दानी ५५.१७ प्रतिशतले बढेर १४ करोड ७५ लाख ७६ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ५१ लाख ७ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो। कम्पनीले नयाँ बीमालेखबाट १४ करोड ८६ लाख ६१ हजार रुपैयाँ प्रथम बीमाशुल्क र पुराना बीमालेख नवीकरणबाट २ करोड ८ लाख रुपैयाँभन्दा बढी संकलन गरेको छ।

कम्पनीको जीवन बीमा कोषमा पनि उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २६ करोड ७० लाख ६० हजार रुपैयाँ रहेको जीवन बीमा कोष चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर ५२ करोड ३६ लाख २८ हजार रुपैयाँ पुगेको छ। यसअनुसार कम्पनीको जीवन बीमा कोष ९६ प्रतिशतले बढेको हो।

कम्पनीको कुल सम्पत्ति १ अर्ब १० करोड १९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सम्पत्ति १ अर्ब ४ करोड ३२ लाख रुपैयाँ थियो। कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ भने कुल इक्विटी ५५ करोड ४ लाख ४५ हजार रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीले १५ करोड ९९ लाख रुपैयाँ कुल आम्दानी र १५ करोड ९५ लाख रुपैयाँ कुल खर्च गरेको छ। कम्पनीको सल्भेन्सी मार्जिन अनुपात १.९९ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*