निर्वाचनबारे छलफल गर्न आयोगद्वारा राजनीतिक दललाई पत्राचार
२९ कार्तिक २०८३, आईतवार १७:३३

काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनका विषयमा छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई बोलाएको छ। आयोगले मङ्सिर ४ गतेका लागि दलहरूलाई पत्राचार गरेको हो।
आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई छलफलका लागि बोलाइएको पुष्टि गरे। सरकारले आगामी फागुन महिनामा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिरहेको छ।
यसैबीच स्थानीय तह र प्रदेश तहको निर्वाचन एकै चरणमा गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा पनि बहस हुँदै आएको छ।











