सेन्ट्रल फाइनान्सले माग्यो चार पदमा कर्मचारी
३० कार्तिक २०८३, सोमबार १५:३६

काठमाडौँ । सेन्ट्रल फाइनान्स लिमिटेडले विभिन्न चार पदमा कर्मचारी माग गरेको छ। कम्पनीले ब्रान्च इन्चार्ज, रिलेसनसिप म्यानेजर, आईटी डिपार्टमेन्ट र अपरेसन्स डिपार्टमेन्टका लागि कर्मचारी माग गरेको हो।
कम्पनीले ब्रान्च इन्चार्ज पदमा अधिकृत तहसम्म र रिलेसनसिप म्यानेजर पदमा सहायकदेखि अधिकृत तहसम्मका लागि आवेदन खुलाएको छ। त्यस्तै, आईटी डिपार्टमेन्ट तथा अपरेसन्स डिपार्टमेन्टअन्तर्गत सहायक तहका लागि समेत कर्मचारी माग गरिएको छ। इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीले तोकेको प्रक्रियाअनुसार आवेदन दिन सक्नेछन्।












