युनिलिभरको ३० औं वार्षिक साधारण सभा सम्पन्न, प्रतिकित्ता १५८० रुपैयाँ लाभांश प्रस्ताव पारित

काठमाडौं । युनिलिभर नेपालको ३० औं वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ । युनिलिभर नेपाल लिमिटेडले लाभांस प्रतिफल र कर पछिको नाफा १८३.४ करोड पु¥याएको छ, जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हुन आउँछ । युनिलिभर नेपालका शेयरधनीहरु यस वर्ष कम्पनीकै इतिहासमा सर्वाधिक धेरै लाभाँश प्रति शेयर एक हजार पाँच सय ८० रुपैया लाभांश दिने प्रस्ताव बार्षिक साधारणसभाबाट पारित भएको छ ।
बार्षिक साधारणसभामा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष देव बाजपेइले सबै शेयरधनीहरु, नियामक निकायहरु, कर्मचारीहरु र अन्य सरोकारवालाहरुलाई धन्यवाद दिंदै न्यून लगानी, जैविक विविधतामा देखिएको नकरात्मक असर, भूराजनैतिक टकराव, सामाजिक ध्रुवीकरण, र साइबर असुरक्षालाई बढी जोड दिइएको छ किनकी विश्वव्यापी जोखिमहरु केही समयको लागि यसैको वरपर रहने अपेक्षा गरिएको बताए ।
सोही समारोहमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले कर पश्चात् कम्पनीको खुद नाफा गत वर्षको १५४.२ करोडबाट बढेर यो वर्ष १८३.४ करोड पुगेको बताउँदै उक्त नाफा बितेको १० वर्षकै सबैभन्दा धेरै भएको बताए । युनिलिभर नेपाल लिमिटेडको ८५% शेयर संस्थापक शेयरधनीहरुको रहेको छ भनें बाँकी १५% शेयर सर्वसाधारणहरुको रहेको छ ।











