लाभांश प्रस्ताव राखेर बिन्ध्यबासीनी हाइड्रोपावरले डाक्यो साधारण सभा

४ पुष २०८०, बुधबार ०७:२६

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव राखेर सातौँ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले पुस २६ गते कार्यालय परिसर, नयाँ बानेश्वरमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान १० बजेदेखि सभा डाकेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, गत आवको नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । सभामा चालु आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

लाभांश वितरण तथा सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते, एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन तथा लाभांशप प्राप्त गर्न योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*