दोहोरो अंकले बढ्यो नेप्से, सबै सूचकमा हरियाली
१८ पुष २०८०, बुधबार १५:०७

काठमाडौं । शेयर बजार परीसूचक नेप्से दोहोरो अंकले उकालो लागेको छ । वुधबार नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८.०० विन्दुमा उक्लियो । साताको तेस्रो दिन मंगलबार नेप्से ३०.०५ अंकले घट्दा २०३०.१० को विन्दुमा ओर्लिएको थियो ।
बुधवार सबै सूचक र उपसूचकमा हरियाली छाउँदा कुल १० करोड ५० लाख कित्ता शेयर किनबेच भयो भने कुल चार अर्ब ४ करोड ८८ लाख ५७ हजार रुपैयाँको कारोबार भयो ।
वुधबार निर्जीबन बीमा उपसूचक उत्साहजनक ढंगले तेहरो अंकमा बढेको छ भने उत्पादन तथा प्रशोधन र होटल एवं पर्यटन उपसूचक पनि तेहरो अंकले नै बढेको छ ।
विकास बैंक, जीवन बीमा, हाइड्रो पावर, लघुबित्त र अन्य उपसूचक दोहोरो अंकले बढ्दा बैंक, व्यापार, लगानी उपसूचक एकल अंकमा वृद्धि भएका छन् ।
।











