नेप्सेमा सामान्य सुधार आउँदा १४ अर्ब माथिको कारोबार, अपि पावरको कारोबार झण्डै ८२ करोड माथि

२४ श्रावण २०७८, आईतवार १५:१२

काठमाडौं । साताको पहिलो दिन नेप्से झिनो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१३ विन्दुमा कायम भएको छ ।

आज २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८६ रुपैयाँको कारोबार भएको छ ।

आज १३ उपसूचक मध्ये ६ उपसमूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज सर्वाधिक हाइड्रोपावर समूहमा ११५.०५ अंकले बृद्धि भएको हो । त्यस्तै आज निर्जीबन बीमा समूहमा २०२.७९ अंकले घटेको हो ।

आज सर्वाधिक कारोबार भएको कम्पनीमा अपि पावर कम्पनी रहेको छ । कम्पनीको आज ८१ करोड ९२ लाख २४ हजार ५६० रुपैयाँको कारोबार भएको छ । त्यस्तै आइतबार ६ कम्पनीको शेयरमा सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, अपि पावर, युनिभर्सल पावर कम्पनी, जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स र ङादी ग्रुप पावर रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*