थ्रि स्टार हाइड्रोपावरले आइपीओ निष्काशनको लागि बोर्डमा दियो निवेदन

२६ श्रावण २०७८, मंगलवार ११:१२

काठमाडौं । थ्रि स्टार हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ ।

विभिन्न कम्पनीहरुले एकपछि एक गर्दै आइपीओ निष्काशन गर्ने क्रममा थ्रि स्टार हाइड्रोपावरले पनि १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि साउन १७ गते बार्डसँग अनुमति मागेको हो ।

कम्पनीले स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकका रुपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि र दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*