गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको कतिमा भयो पहिलो कारोबार?

२७ माघ २०८१, आईतवार ११:०१

काठमाडौँ । स्पेशल प्रि ओपन सेसनमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार ३०१ रुपैयाँमा भएको छ। आइतबारका दिन सो रुपैयाँमा कम्पनीको पहिलो कारोबार भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि कम्पनीलाई १०० रुपैयाँ ३४ पैसादेखि ३०१ रुपैयाँ २ पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार भएको हो। कम्पनीको नेप्से सिम्बोल जीएमएलआई रहेको छ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरी बाँडफाँट गरेको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता शेयर गरी कुल ७५ लाख कित्ता शेयर गत बिहीबार (माघ २४ गते) नेप्सेमा सूचीकृत भएको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*