विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
८ फाल्गुन २०८१, बिहीबार ०७:४४

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले वितरणको घोषणा गरेको १४ प्रतिशत नगद लाभांश (कर सहित) सुरक्षित गर्ने आज फागुन ८ गते अन्तिम दिन रहेको छ।
यस कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि फागुन ९ गते बुक क्लोज गर्दैछ। यसर्थ बुक क्लोजका आधारमा आजसम्म कायम शेयरधनीहरू मात्रै कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
घोषित लाभांश पारित गर्नका लागि यस कम्पनीले यही फागुन २८ गते साधारणसभा बोलाएको छ। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि शुरू हुनेछ।












