अपर हेवाखोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने

८ फाल्गुन २०८१, बिहीबार १०:५०

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

कम्पनीको फागुन ७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न पूर्व स्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन दिने निर्णय गरेको हो।

कम्पनीले १५ मेगावाट क्षमताको सिसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्न र ८.५ मेगावाटको अपर हेवाखोला साना जलविद्युत आयोजना निर्माण गर्दा लागेको ऋण तिर्नका लागि हकप्रद निष्कासन गर्न लागेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*