पवन हाङगाम लिम्बूलाई अनेरास्ववियु शंकरदेव क्याम्पस कमिटीको संयोजकको जिम्मेवारी
१८ श्रावण २०८२, आईतवार २१:१४

काठमाडौं । अनेरास्ववियु शंकरदेव क्याम्पस कमिटीले पवन हाङगाम लिम्बूलाई संयोजकको जिम्मेवारी दिएको छ। उनलाई २९ औं क्याम्पस कमिटी सम्मेलन आयोजना गर्ने तथा क्याम्पस कमिटीका सम्पूर्ण कार्यहरू सञ्चालन गर्ने जिम्मेवारी दिइएको हो।
कमिटीका अध्यक्ष बालकृष्ण खड्काले लिम्बूले सो जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने विश्वास व्यक्त गरेका छन्। उनले कार्य सफलताको शुभकामना समेत दिएका छन्।
संयोजकको जिम्मेवारीसहित लिम्बूले संगठनको आन्तरिक सुदृढीकरण, विद्यार्थीको हक–हितको संरक्षण तथा भावी कार्ययोजनाको तयारीमा केन्द्रित हुने अपेक्षा गरिएको छ।













