हिमालयन एभरेष्ट इन्स्योरेन्समा डमी सिईओ, घरमै बसेर अध्यक्षले चलाउँछन् कम्पनी

१३ कार्तिक २०८२, बिहीबार ११:३९

काठमाडौं । बीमाको संस्थागत सुशासन विपरित चल्दै आएको हिमालयन एभरेष्ट इन्स्योरेन्स आफन्तको भर्ती केन्द्र मात्रै बनेको छैन, कम्पनीमा डमी सिईओ राखेर अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले घरैबाट कम्पनी चलाइरहेका छन् ।

कम्पनीकी सिईओ अञ्जु श्रेष्ठले कुनै पनि काम गर्ने अधिकार नभएको भन्दै विहान, दिउँसो र साँझसम्म पनि अध्यक्षको घरको चोटाकोठा चहार्दैमा दिन बित्ने गरेको छ । कर्मचारीहरु अध्यक्षको दमनमा परेपनि जागिर जाने डरले नेपाल बीमा प्राधिकरणमा गएर उजुरी समेत गर्न सकेका छैनन् ।

सो सम्बन्धमा मौखिक रुपमा पटक पटक गुनासो गर्दा समेत नियामक बीमा प्राधिकरणले कुनै कारवाही गर्न नसकेको बुझिएको छ । प्राधिकरणका कर्मचारीहरुले दरिलो उपहारका कारण सो कम्पनीमाथि केही बोल्न नसकेको बुझिएको छ ।

बीमाको संस्थागत सुशासनविपरित तत्कालिन हिमालयन जनरल इन्स्योरेन्सको सञ्चालक, सिईओ अञ्जु श्रेष्ठदेखि विभागीय प्रमुखहरु नातेदार भएको र कम्पनीमा डमीको रुपमा मात्रै रहँदा कुनै पनि बेला कम्पनी दुर्घटनामा पर्ने जोखिम बढेको छ ।

सिईओ अञ्जु श्रेष्ठ कम्पनीको हितमा काम गर्ने भन्दा पनि अध्यक्षको एसम्यान बन्दा सम्पूर्ण कर्मचारीहरु समस्यामा पर्ने गरेको कर्मचारीहरु बताँउछन् ।यस बिषयमा बीमा प्राधिकरणमा बुझ्न खोज्दा प्राधिकरणका प्राधिकरणका एक उच्च अधिकारीलेले कर्मचारीहरु अन्यायमा परेका छन्, हामीले बुझेका छौ, तर जागिर जाने डरले प्रत्यक्ष रुपमा खुलेर बोल्न नसक्दा हामीले प्रमाण जुटाउन सकेनौ भन्ने प्रतिक्रिया दिएका छन् ।

प्राधिकरणलाई समेत यो बिषय नोटिसमा रहेको छ, तर यथेष्ठ प्रमाण र कर्मचारीहरुले सत्य बयान नदिँदा कारवाही गर्न समस्या परिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*