आईपीओ निष्कासन एजेण्डा सहित निभिक्स फर्मास्युटिकल्सले बोलायो साधारणसभा

२६ मंसिर २०८२, शुक्रबार १३:३३

काठमाडौं । निभिक्स फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणहरूका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव सहित आगामी पुस १८ गते साधारणसभा गर्ने भएको छ। उक्त निर्णय कम्पनीको संचालक समितिको मंसिर २५ गते बिहीबार बसेको बैठकले गरेको हो।

साधारणसभा पोखरा इभेन्ट सेन्टर, पोखरामा आयोजना हुनेछ। सभामा चार वटा सामान्य तथा तीन वटा विशेष प्रस्ताव पेस गरिनेछ। आईपीओ निष्कासन सम्बन्धी बाँकी प्रक्रिया अघि बढाउन आवश्यक सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने मुख्य प्रस्ताव रहेको छ।

कम्पनीको उत्पादन फ्याक्ट्री तनहुँमा अवस्थित रहेको छ र आईपीओ निष्कासन मार्फत् व्यवसाय विस्तार तथा संस्थागत सुदृढ गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*