शिखर इन्स्योरेन्सले अनलाइन अभिकर्ता तालिम सञ्चालन गर्ने
२६ मंसिर २०८२, शुक्रबार १४:०८

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अनलाइन मार्फत् ४ दिने निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ।
निर्जीवन बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिहरूलाई लक्षित गरी अभिकर्ता तालिम सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ। तालिम पुस १ गतेदेखि ४ गतेसम्म सञ्चालन हुनेछ।
तालिम काठमाडौंमा सञ्चालन गरिने र सहभागी हुन इच्छुकले मंसिर २८ गतेभित्र इमेल ठेगाना मार्फत आवेदन दिन सक्नेछन्। अनलाइन तालिमको अन्तिम दिन अभिकर्ता परीक्षा सञ्चालन गरिने र त्यसमा उत्तीर्णले मात्रै लाइसेन्स पाउनेछन्।
आवेदन दिनका लागि तालिमका लागि निवेदन, नेपाली नागरिकता र प्यान कार्डको प्रतिलिपि, पासपोर्ट साइज फोटो, प्लस टू पास गरेको सर्टिफिकेट र संस्थागत हकमा तोकिए बमोजिम अन्य कागजात चाहिनेछ।













