लगानी सम्बन्धी त्रैमासिक रिर्पोट बुझाउन बीमा कम्पनीहरुको ढिलाई, प्राधिकरणको ताकेता

२६ मंसिर २०८२, शुक्रबार १४:३८

काठमाडौं । बीमा कम्पनीहरुले लगानी सम्बन्धी त्रैमासिक रिर्पोट नियामक निकाय नेपाल बीमा प्राधिकरणमा बुझाउन सकेको छैन ।बीमकको लगानी निर्देशन २०८२ को व्यवस्था बमोजिम लगानी सम्बन्धी त्रैमासिक रिर्पोट ३० दिनभित्र पेश गनुपर्ने व्यवस्था रहेको थियो । तर यस आर्थिक बर्षमा भने अधिकांश बीमा कम्पनीहरुले समयमा पेश गर्न नसकेपछि प्राधिकरणले बीमकलाई ताकेता गरेको छ।

बीमा कम्पनीहरुले यसका लागि लगानी व्यवस्थापन इकाई स्थापना गर्नुपर्ने व्यवस्था छ। र सो मार्फत छुटै कर्मचारी राखेर रिर्पोटिङ गर्ने व्यवस्था समेत रहेको छ । कतिपय कम्पनीमा उक्त व्यवस्था हालसम्म पनि कार्यान्वयनमा नआएको बीमा प्राधिकरणको बुझाई छ । जसको कारण पनि कम्पनीहरुले समयमा रिर्पोट बुझाउन नसकेको बताँउछन् ।

नेपाल बीमा प्राधिकरणले मिति २०८२ भाद्र १७ मा जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरूको वित्तीय स्रोतको लगानीलाई व्यवस्थित गर्न बीमकहरूले आफ्नो लगानी नीति संचालक समितिबाट स्वीकृत गराएर लागू गरेको थियो ।

निर्देशनको उद्देश्य बीमकहरूलाई सुरक्षित क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने, लगानीको विविधीकरण गर्ने, सम्पत्ति र दायित्वको अवधि मिलाएर तरलता व्यवस्थापन गर्ने र आन्तरिक नियन्त्रण तथा जोखिम व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने रहेको थियो । सो को नियमन गर्न प्राधिकरणले त्रैमासिक रिर्पोट पेश गर्न कम्पनीहरुलई निर्देशन दिएको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*