एनआईएमबी एस क्यापिटलको सहप्रमुखमा रितु प्रधान मल्ल नियुक्त

२६ मंसिर २०८२, शुक्रबार १६:५७

काठमाडौं । एनआईएमबी एस क्यापिटलको सहप्रमुखमा रितु प्रधान मल्ल नियुक्त भएकी छन् । लगानी नेतृत्व र दिगो विकास रणनीति सुदृढ गर्न उनलाई सो पदमा नियुक्त गरिएको क्यापिटलले जनाएको छ ।

मल्ल नेपालको परिवर्तन हुँदै गरेको पुँजी बजारमा लगानी रणनीति, जलवायु वित्त तथा प्राइभेट इक्विटी क्षेत्रका विस्तृत अनुभवसहित नेतृत्व टोलीमा सामेल भएकी छन् ।

नवनियुक्त सहप्रमुख मल्लले प्राइभेट इक्विटी, लगानी व्यवस्थापन तथा दिगो वित्तका क्षेत्रमा कम्पनीको रणनीतिक दिशानिर्देशन सह–नेतृत्व गर्नेछिन् । उनको जिम्मेवारीमा लगानी मूल्यांकन प्रक्रियालाई सुदृढ बनाउने, पोर्टफोलियो अनुगमन क्षमता बढाउने तथा नेपालको आर्थिक रूपान्तरणमा योगदान पुग्ने नवप्रवर्तक वित्तीय उपकरणहरूको विकासलाई समर्थन गर्नेलगायत समावेश छन् ।

मल्लसँग जलवायु वित्त, प्राइभेट इक्विटी, उद्यम विकास तथा दिगो प्रभावका क्षेत्रमा १४ वर्षभन्दा बढी काम गरेको अनुभव छ । यसअघि उनले बिजनेस अक्सिजन (बीओ२) मा नेतृत्व तहमा रहँदै वृद्धि–अवस्थाका कम्पनीहरूको उद्यम विकास तथा लगानी रणनीति नेतृत्व गरेकी थिइन् । हाल उनी सोलारपावरमा स्वतन्त्र निर्देशकको रूपमा कार्यरत छन् ।

इम्प्याक्ट हब काठमाडौंको सल्लाहकार बोर्ड सदस्यको रूपमा पनि योगदान दिइरहेकी उनले दिगोपन र उद्यमशीलतासम्बन्धी रणनीतिक दिशानिर्देशनमा भूमिका खेलिरहेकी छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*