सहकारी संस्थाहरुको प्रभु मेनेजमेन्टसँग रेमिट्यान्स सम्बन्धि कुनै कारोबार भएमा दरखास्त दिन ब्यूरोको आग्रह

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले सहकारी संस्थाको प्रभु मेनेजमेन्ट कम्पनीसँग रेमिट्यान्स सम्बन्धि कुनै कारोबार भएमा प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ । ब्यूरोले एक सार्वजनिक सूचना जारी गर्दै कारोबारको सक्कल प्रमाण तथा कागजातसहित केन्द्रीय ब्यूरोमा जाहेरी दरखास्त दिन आग्रह गरेको हो ।
विभिन्न सहकारी संस्थाहरुले प्रभु मेनेजमेन्ट प्रालिसँग रेमिट्यान्स कारोबार गर्ने शिलशिलामा राखेको धरौटी रकम तथा रेमिट्यान्स कारोबार बापत भुक्तानीको हिसाव मिलान हुन बाँकी रकमको सम्बन्धमा अदालत तथा अन्य कुनै निकायमा कानुन बमोजिम उक्त रकम असुल उपरको लागि निवेदन जाहेरी नदिएकालाई जाहेरी दिन ब्यूरोले आग्रह गरेको छ । ब्यूरोले कुन सम्बन्धमा कारोबार भएको के हो ? लगायतका सबै विषय खुलाएर दरखास्त दिन सबैलाई आग्रह गरेको छ ।














