नेपाल हाइड्रो डेभलोपरको साधारणसभा पुस २३ गते, लाभांश पारित गरिने

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २३ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे साधारणसभा बस्ने निर्णय गरेको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश शेयरधनीहरूमा वितरण गर्ने र गत आवको वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।
त्यसैगरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, आवश्यकता अुनसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ७ गते बुक क्लोज गर्ने बताएको छ। बुक क्लोजको आधारमा पुस ६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।













