समता घरेलु लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति?
२८ मंसिर २०८२, आईतवार १०:०७

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी ६२ करोड ९० लाख ५१ हजार ५६४ रुपैयाँको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव गरेको हो।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित शेयरधनीहरूमा वितरण गरिनेछ।
1765679562127












