शिवपुरी-नागर्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको मध्यरातमा उद्धार
२८ मंसिर २०८२, आईतवार १०:२६

काठमाडौँ । मंसिर २५ गते काठमाडौँस्थित शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जको पानीमुहान भनिने स्थानबाट शिवपुरी हाईटतर्फ जाने क्रममा बाटो बिराई हराएका तीन जना व्यक्तिलाई संयुक्त उद्धार टोलीले सकुशल फेला पारेको छ।
चन्दननाथ गण शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्ज प्रशासन तथा नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले मध्यरातमा शिवपुरी पिक क्षेत्रबाट उनीहरूलाई उद्धार गरेको हो। उद्धारपछि ती व्यक्तिहरूलाई आवश्यक सोधपुछ तथा प्रक्रिया पूरा गरी सकुशल नेपाल प्रहरीको जिम्मा लगाइएको छ।













