बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

२८ मंसिर २०८२, आईतवार १०:४४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा दुई हजार २०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले घटेको छ । चाँदी आइतबार तीन हजार ८२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*