शरद ओझाको मुद्दामाथि सर्वोच्चमा आज सुनुवाई हुँदै, अदालतबाट पुनर्बहाली !

२८ मंसिर २०८२, आईतवार ११:१९

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले धेरै पटक सुनुवाई गरिरहेका छन्, शरद ओझा विरुद्ध र पक्षका मुद्दाहरु । आज पाँचौं पटक उनै न्यायाधीश अब्दुल अजिज मुसलमानले ओझा पक्ष रहेका दुई वटा मुद्दा लगाउमा राखेर सुनुवाई गर्दैछन् ।

इजलासको प्रकृति हेर्दा आज ओझा पुनर्बहाली हुने प्रबल सम्भावना रहेको छ । न्यायाधीश मुसलमानले यसअघि २०८२ जेठ १९ गते ओझा विरुद्धमा परेको रिटमाथि सुनुवाई गर्दा अन्तिम सुनुवाई भनेर बहस गर्न लगाई ६ घण्टा लामो बहसपछि पुर्ण इजलासमा पठाउने आदेश दिएर पन्छिएका थिए । उनै न्यायाधीशकाे ईजलाशमा परेकाेले ओझाकाे सम्भावना बलियाे छ।

आज उनै न्यायाधीश अब्दुल अजिज मुसलमानले ओझाले सरकारका विरुद्धमा दायर गरेको रिटमाथि सुनवाई गर्दैछन् । इजलास नं ९ ख हुने आजको सुनुवाईबाट ओझा पुनर्बहाली हुने प्रभावना सम्भावना छ । यसअघि सरकारले बर्खास्त गर्दा पर्याप्त कानुनी प्रक्रियामा ध्यान नदिँदा आज अदालतबाट पुनर्बहाली हुन पनि सक्नेछन् । आजकाे ईजलासबाट हुनसक्ने दुई सम्भावित आदेशहरुमा पुनर्बहाली वा यसअघि जारी भएको अल्पकालिन अन्तरिम आदेशको खारेजी दुई मध्ये एक हो । यसअघि सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिँदै नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया यथास्थितिमा राख्न र ओझालाई अध्यक्षको रुपमा काम गर्न दिन आदेश जारी भएको थियो ।

आज सोही आदेशलाई निरञ्तरता दिने कि नदिने तथा ओझालाई हाजिर गर्न नदिएको बिषयले अदालतको अवहेलना हुन्छ कि हुँदैन भनेर पनि बहस हुनेछ ।

स्मरणरहोस्, ओझाले फर्जी कागजात नेपाल सरकार मन्त्रिपरिषदमा पेश गरी झुक्याएर अनुभव नै नभएको व्यक्तिले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ती लिएको भन्ने सम्बन्धमा अर्को रिट सर्वोच्च अदालतमै विचाराधिन अवस्थामा छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*