१६ दिनसम्म छुटेनन् प्रभु बैंकका सीईओसहितका कर्मचारी, आज पुनः ५ दिन म्याद थप

काठमाडौँ। प्रभु बैंकका सीईओ अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन अनुसन्धानको अनुमति दिइएको छ।
उच्च अदालत पाटनले शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठमाथि थप पाँच दिन अनुसन्धानका लागि म्याद थप गरेको हो । यसअघि बिहीबार तीन दिन म्याद थप गरिएको थियो।
मंसिर १४ गते आइतबार अर्थात् १६ दिनअघि शेरचनसहितका आरोपीहरू पक्राउ परेका थिए। गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यमाथि पनि अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ। शाक्य १७ गते पक्राउ परेका थिए।
बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि सीआईबीले कर्जा अपचलनसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ।












