अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा
१ पुष २०८२, मंगलवार ०८:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको छ जसकारण एक डलरको खरीददर १४४.८८ रुपैयाँ र बिक्रीदर १४५.४८ रुपैयाँ कायम भएको छ।
आज एक क्यानेडियन डलरको खरीददर १०५.२० रुपैयाँ र बिक्रीदर १०५.६४ रुपैयाँ कायम भएको छ भने एक सिंगापुर डलरको खरीददर ११२.३८ रुपैयाँ र बिक्रीदर ११२.८५ रुपैयाँ कायम भएको छ।
त्यसैगरी एक कुवती दिनारको खरीदमूल्य ४७२.१४ रुपैयाँ र बिक्रीमूल्य ४७४.०९ रुपैयाँ कायम हुँदा एक ओमानी रियालको खरीदमूल्य ३७६.३१ रुपैयाँ र बिक्रीमूल्य ३७७.८७ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ।














