कालीमाटीमा तरकारीः गोलभेंडा ६०, बन्दा ५० रुपैयाँ किलो

१ पुष २०८२, मंगलवार ०८:५५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ६० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, मटरकोशा १२० रुपैयाँ, परवर ९० रुपैयाँ, घिरौला ८० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी इस्कुस ३० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँ, बकूला १२० रुपैयाँ, कन्य च्याउ ११० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ र हरियो प्याज ५० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*