रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड, २ हजार ३११ जनाले पाए शेयर
१ पुष २०८२, मंगलवार ०९:५२

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले मंसिर २२ देखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ।
कम्पनीले १ लाख १५ हजार ५९६ कित्ता आईपीओ निष्कासन गरेकोमा ३५ हजार १०२ जना योग्य लगानीकर्ताले १९ लाख ४४ हजार ३३० कित्ता आईपीओ माग गर्दै आवेदन दिएका थिए।
गोलाप्रथाबाट बाँडफाँड गर्दा २ हजार ३११ जनाले ५०/५० कित्ताका दरले आईपीओ पाएका छन् भने यहीमध्येबाट ४६ जनाले थप १/१ कित्ता गरी ५१ कित्ता शेयर हात पारेका छन्। बुक बिल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गरेकाले कम्पनीको आईपीओको प्रतिकित्ता मूल्य ८२०.८० रुपैयाँ रहेको छ।













