१०% लाभांश पारित गर्न एनएमबि बैंकले डाक्यो साधारणसभा

१ पुष २०८२, मंगलवार १०:२७

काठमाडौं । एनएमबि बैंक लिमिटेडको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले यही पुस २४ गते काठमाडौंस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजे ३०औं वार्षिक साधारणसभा बोलाएको छ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल काय चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै गत आवको प्रतिवेदत र वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी सञ्चालकको बैठक भत्ता बढाउने र आवश्यकता अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ नेप्सेमा पुस ८ गतेसम्म कायम शेयरधनी मात्रै सो सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*