हकप्रद प्रस्ताव सहित पिपुल्स हाइड्रोपावरले डाक्यो साधारणसभा

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २३ गते काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजे अठारौं वार्षिक साधारणसभा डाकेको छ।
शेयरधनीलाई लाभांश प्रस्ताव नगरेको कम्पनीले १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने र सोबाट प्राप्त आधा रकम ऋण तिर्न र आधा रकम आयोजना निर्माणमा खर्चिने प्रस्ताव पारित गर्नेछ।
सभाले गत आर्थिक वर्ष (आव) को प्रतिवेदन र वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।
त्यसैगरी आफ्नो नाममा रहेको हिमचुली दोर्दी जलविद्युत आयोजना हिमचुली पावर कम्पनी प्रा.लि लाई हस्तान्तरण गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
साधारणसभा प्रयोजनार्थ पुस ११ गते कम्पनीको बुक क्लोज गरिने भएकाले पुस ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।













