नासा सेक्युरिटीजको नयाँ अफर: १० भाग्यशाली ग्राहकलाई भारतमा टी–२० विश्वकप हेर्ने मौका

१ पुष २०८२, मंगलवार १४:११

काठमाडौँ । नासा सेक्युरिटीजले आगामी माघ २७ देखि भारतमा आयोजना हुन लागेको ‘आईसीसी टी–२० क्रिकेट विश्वकप २०२६’ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीले जनाएको छ कि १० जना भाग्यशाली ग्राहकले भारत पुगेर नेपालको खेल प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्।

पुरुष टी–२० विश्वकपको १०औं संस्करण फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकाका विभिन्न मैदानमा आयोजना हुँदैछ। नासा सेक्युरिटीजले आफ्ना छानिएका ग्राहकहरूलाई यस प्रतियोगितामा सहभागिता जनाउन भारत लैजाने योजना बनाएको छ।

यो योजनामा सहभागी हुन ग्राहकले ११ डिसेम्बर २०२५ देखि २९ जनवरी २०२६ (२०८२ माघ १५ गते) सम्म कम्पनीमा नयाँ डिम्याट खाता खोल्नुपर्नेछ। तोकिएको अवधिभित्र खाता स्वीकृत अवस्थामा रहेका ग्राहकहरू मात्र ‘लक्की ड्र’ का लागि योग्य मानिने कम्पनीले जनाएको छ।

नयाँ डिम्याट खाता खोल्ने ग्राहकहरू मध्ये १० भाग्यशाली विजेताले नेपालबाट भारतको दुईतर्फी हवाई टिकट, नेपालको टी–२० विश्वकप खेलको टिकट, मुम्बईमा दुई जनाले कोठा शेयर गर्ने गरी होटल बसाइ, ब्रेकफास्ट तथा एयरपोर्ट–होटल–रंगशाला आउजाउको यातायात सुविधा पाउनेछन्। ब्रेकफास्ट बाहेकका खाना, शपिङ, व्यक्तिगत खर्च, भिसा शुल्क (आवश्यक भए), ट्राभल इन्स्योरेन्स आदि भने विजेताले आफैं व्यहोर्नुपर्ने जनाइएको छ। पुरस्कार हस्तान्तरणीय नहुने र नगदमा परिवर्तन गर्न नमिल्ने पनि कम्पनीले स्पष्ट पारेको छ।

विजेताहरूको छनोट पाँच चरणमा ‘लक्की ड्र’ मार्फत लाइभ प्रसारण गरी पारदर्शी रूपमा गरिनेछ। पहिलो चरणमा २ जनवरी २०२६ मा दुई विजेताको घोषणा हुनेछ भने अन्य चरणमा क्रमशः ९, १६, २३ र ३० जनवरीमा दुई–दुई जना विजेताको घोषणा गरिनेछ।

यात्राका लागि विजेतासँग कम्तीमा छ महिना म्याद बाँकी भएको पासपोर्ट अनिवार्य हुनेछ। विजेता घोषणा भएको ४८ घण्टाभित्र सम्पर्कमा नआएमा कम्पनीले वैकल्पिक विजेता छनोट गर्न सक्ने अधिकार राख्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*