नेको इन्स्योरेन्सका सिईओ खड्का महाधिवेसनका लागि चुनावमा व्यस्त हुँदा पनि किन मौन बसीरहेको छ प्राधिकरण?

१ पुष २०८२, मंगलवार १५:४६

काठमाडौं । नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्का काम छोडेर महाधिवेसनका लागि चुनावमा व्यस्त हुँदा पनि नियामक निकाय बीमा प्राधिकरण मौन नै बसीरहेको बिषयलाई सम्रग बीमा क्षेत्रले गम्भीर रुपमा आपत्ति जनाईरहेका छन्।

खड्काले एमालेको महाधिवेशनमा उम्मेदवार बनेर सहभागी बनेर खुल्ला रुपमा भोट मागिरहँदा समेत प्राधिकरणको ऐनमा राजनीतिक क्षेत्रमा लाग्ने पदाधिकारीको लागि कुनै बाधा छैन भन्दै ऐन कानुनको पाना पल्टाउदै बसीरहेको पाइएपछि बीमा अधिकारीहरुले नियामक निकायमाथि प्रश्न समेत उठाइरहेका छन् ।

यस्को फाइदा नेको इन्स्योरेन्स कम्पनीका सिईओ खड्काले उठाईरहेका छन् । खड्का आफनो पहिचान नै परिर्वतन गरी उनी चुनावमा होम्मिएका छन् । सो हुँदा पनि प्राधिकरणका उच्च पदाधिकारीहरु मौन बस्नु बाहेक कुनै विकल्प रहेको छैन ।

सिइओ खड्का एमालेको महाधिवेशनमा मधेश प्रदेश भूगोलको तर्फबाट केन्द्रीय सदस्य पदको उम्मेदवार हुन् । उनी मंसिर २९ गते
देखि नै महाधिवेशन प्रतिनिधिहरुसँग भोट मागिरहेका छन् ।

कम्पनीका एक कर्मचारीका अनुसार सिइओ खड्का बिहान केहीबेर अफिस पुगेर हाजिरी गरि फेरि एमालेको महाधिवेशनमा जाने गर्दा दैनिक काम कारवाहीमा समेत असर परेको बताँउछन् ।

सिईओ खड्का आज बिहानदेखि अधिवेसन स्थल र सामाजिक संजालमाको फेसबुक पेजहरुमा एमालेको केन्द्रीय सदस्यका लागि भोट माग्न व्यस्त छन्। नियामक बीमा प्राधिकरण के हेरेर बसिरहेकाे छ ? प्रश्न उठेकाे छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*