सप्तरीमा ज्योति विकास बैंकका कर्मचारीमाथि हातपात गर्ने दुई जना पक्राउ

१ पुष २०८२, मंगलवार १५:४८

काठमाडौं। सप्तरीमा ज्योति विकास बैंकका कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५१ वर्षीय सञ्जीव चौधरी र उमाकान्त चौधरी रहेका छन्।

मंसिर २५ गते बैंकका कर्मचारीहरूले ऋणसम्बन्धी विषयमा छलफल गर्न सप्तकोशी नगरपालिका–७ स्थित एक कृषि फर्ममा पुगेका थिए। त्यहाँ उनीहरूमाथि कालोमोसो लगाई जुत्ताको माला हाल्ने, गालीगलौज गर्ने र हातपात गर्ने घटना भएको थियो।

प्रहरीले घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*