बीमितको साथमा दृढ उभिएको सिद्धार्थ प्रिमियर, ५ महिनामा २ अर्ब ६८ करोड दावी भुक्तानी

१ पुष २०८२, मंगलवार १६:१८

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिना (साउन देखि मसिंर) सम्ममा जम्मा २ अर्व ६८ करोड भन्दा बढी दावी भुक्तानी गरेको छ ।

सो मध्ये भदौं महिनाको अन्तिम साता जेनजी आन्दोलनको क्रममा देशका विभिन्न भागमा भएका हुलदँगा तोडफोड तथा आगजनीका कारण राष्ट्रको पूर्वाधार, उद्योग, व्यापार र व्यक्तिगत सम्पत्तीमा भएको क्षतीपूर्ती वापत रु. १ अर्व ८८ करोड १६ लाख भुक्तानी गरेको छ । उक्त रकम जेनजी आन्दोलनका क्रममा भएको क्षती अन्तर्गत हालसम्म सबै कम्पनीबाट भएको कुल दावी फछ्र्यौटको ४० प्रतिशतको हाराहारी छ ।

कम्पनीले यस आर्थिक वर्षको ५ महिनामा जेनजी वाहेकको भइपरी आएका अन्य दावीहरु वापत पनि ८० करोड भन्दा बढी भुक्तानी गरेको छ ।

गत वर्षको बाढी पहिरोबाट सृजित दावीमा पनि सिद्धार्थ प्रिमियरले सबै भन्दा बढी दावी भुक्तानी गरेको थियो ।

राष्ट्र अनी राष्ट्रभरी रहेका उद्योग व्यापार र निजी सम्पत्तीमा भएको क्षति अन्तर्गत आफुसँग बीमित रहेका सम्पत्तीको क्षतीपुर्ती शिघ्र फछ्र्यौट गरी बीमितहरुको संरक्षण गर्न कम्पनी प्रतिवद्ध रहेको तथा सोका लागि भुक्तानी हुन बाँकी दावीकर्ताहरु लाई शिघ्र आवश्यक कागजात पेश गरी दावी फछ्र्यौट कार्यमा सहयोग गर्न कम्पनीले अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*