दुई इन्स्योरेन्ससहित तीन कम्पनीको बोनस शेयर सूचीकृत, भोलिदेखि कारोबारमा
१ पुष २०८२, मंगलवार १६:३६

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । मंगलबार प्रभु इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स र हाथवे इन्भेष्टमेन्ट कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएको हो ।
प्रभु इन्स्योरेन्सको १८ प्रतिशत बोनश वापतको २५ लाख ९४ हजार ६७८ दशमलव ५२ कित्ता, एशियन लाइफको ५.१ प्रतिशत बोनश वापतको १७ लाख ३३ हजार ९१६ दशमलव ५२ कित्ता र हाथवे इन्भेष्टमेन्ट कम्पनीको १२ प्रतिशत बोनश वापतको ३३ लाख ९७ हजार ६८० कित्ता शेयर सूचिकृत भएको हो ।
अब तीन कम्पनीको सूचीकृत भएको शेयर भोलिदेखि कारोबारमा आउनेछ ।













