यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

२ पुष २०८२, बुधबार ०८:२८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ७० रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ, स्थानीय काउली ६५ रुपैयाँ, मकै बोडी ८० रुपैयाँ, टाटे सिमी १२० रुपैयाँ र लोकल घिउ सिमी १०० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी लौका ६० रुपैयाँ, घिरौला १०० रुपैयाँ, पाकेको फर्सी ४० रुपैयाँ, हरियो फर्सी ६० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, रायोको साग ४० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ र डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य कायम भएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*