बुधबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल, कुनको कतिले बढ्यो ?

२ पुष २०८२, बुधबार १५:१०

काठमाडौँ । शेयर बजार आज लगातार तीन दिन उकालो लागेको छ । बजार सुधार आउँदा अधिकांश कम्पनीको शेयर मूूल्यमा समेत बढेको देखिएको हो ।

निरन्तर राताम्य भइरहेको बजार पछिल्लो तीन दिनमा भने सुधार देखिदा लगानीकर्ताको मनोबल विस्तारै लयमा फर्कि रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अकंले बढेर २६२५.७० बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँको कारोबार भएको हो ।

आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन स्वस्तिक लघुवित्त र एसवाई प्यानलको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

साथै, नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समेत ८.७७ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*