दुई कम्पनीको हकप्रद शेयर सूचीकृत, कुनको कति ?

२ पुष २०८२, बुधबार १७:४५

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । बुधबार रिभर फल्स पावर र शिव श्री हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

रिभर फल्स पावरको १०० प्रतिशत हकप्रद शेयर वापत ७० लाख कित्ता शेयर सूचिकृत भएको हो भने शिव श्री हाइड्रोपावरको पनि शतप्रतिशत हकप्रद शेयर वापत १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर सूचिकृत भएको हो ।

अब सूचिकृत भएको सो शेयर भोलिदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*