आजसम्म नेपाल एसबिआई बैंकको शेयर किन्नेले लाभांश पाउने

३ पुष २०८२, बिहीबार ०६:३२

काठमाडौं । आज पुस ३ गतेसम्म नेपाल एसबिआई बैंक लिमिटेडको शेयर किन्ने शेयरधनीहरूले बैंकले प्रस्ताव गरेको ९ प्रतिशत लाभांश पाउनेछन्।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि पुस ४ गते बुक क्लोज गर्ने भएकाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजसम्म बैंकको शेयर किन्नेले लाभांश पाउने भएका हुन्।

बैंकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ। यो प्रस्ताव पारितका लागि यही पुस १८ गते शुक्रबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे बत्तीसौं वार्षिक साधारणसभा बस्दैछ।

सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी पनि दिनेछ।

त्यसैगरी गत आर्थिक वर्षको प्रतिवेदन र वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिमा १ जना सर्वसाधारण शेयरधनीको निर्वाचन गर्ने प्रस्ताव पनि तय गरिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*