प्रभु बैंकका सीईओ अशोक शेरचन अस्पताल भर्ना

३ पुष २०८२, बिहीबार ११:०९

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका छन् । बुधबार उनलाई चिरायु अस्पतालमा उपचारका लागि लगिएको हो ।

अस्पताल स्रोतका अनुसार शेरचनको उपचार प्रहरीको निगरानीमा भइरहेको छ । उनीसहित केही अन्य व्यक्ति विगत १९ दिनदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नियन्त्रणमा छन् ।

शेरचनमाथि बैंकिङ कसुरसम्बन्धी तीनवटा मुद्दामा अनुसन्धान जारी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*